सत्तारूढ प्रमुख घटक नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले आफूलाई प्रधानमन्त्रीको इच्छा नभएको बताएका छन्। बुधबार प्रतिनिधिसभा बैठकमा उनले प्रधानमन्त्री पुष्पकमल दाहाल, आफू र नेकपा एसका अध्यक्ष माधवकुमार नेपालबीच प्रधानमन्त्री पद १५-१५ महिनाका लागि बाँडफाँड गरेको समाचार आएकोमा आपत्ति जनाउँदै आफूलाई प्रधानमन्त्री बन्ने इच्छा नरहेको बताएका हुन्।
अध्यक्ष ओलीले प्रधानमन्त्री पद बाँड्ने भन्ने समाचारले आफूहरुले बनाएको सत्ता समिकरणको गरिमालाई घटाएको जिकिरसमेत गरे। अब त केही गरौँ राष्ट्र र जनताका लागि भनेर आफूहरुले नयाँ सत्ता समीकरण बनाएकाले प्रधानमन्त्री दाहालको पनि प्रधानमन्त्री पद बाँडफाँडको इच्छा नभएको ओलीले जिकिर गरे।
उनले भने, ‘आज प्रधानमन्त्रीको कार्यकाल १५-१५ महिना बाँडेको कुरा बजारभरी देख्छु। यसले यो सरकार किन परिवर्तन भएको हो? यसमा नेताहरु सहकार्य किन गरेको हो भन्ने कुराको गरिमालाई घटाएको छ यस्ता खवरहरुको अनुचित सम्प्रेषण। यो गलत कुरा हो । न १३-१३ महिनाको सकैले सम्झौता गरेको छ न यो भागबण्डाको कुरा हो। प्रधानमन्त्री हुनकै लागि हामीले यस्तो गरेको होइन। मलाई यो प्रधानमन्त्रीको इच्छा पनि छैन। मेरो पनि नाम त्यहाँ जोडिएको छ क्यारे। यो प्रधानमन्त्रीको इच्छाको इच्छा पनि होइन। प्रधानमन्त्री जोसुकै होस्।’
अध्यक्ष ओलीले मुलुकमा केही गरौँ भनेर आफूले कांग्रेससँग पनि पटकपटक प्रस्ताव गरेको पनि स्मरण गराए।








































प्रतिकृया दिनुहोस्