समाज

नेपाल राष्ट्र बैंकले आज २० अर्ब निक्षेप खिच्दै

अधिक तरलता कायमै रहेपछि १२ दिनका लागि नेपाल राष्ट्र बैंकले आज फेरि निक्षेप सङ्कलन उपकरण बोलकबोलमार्फत निक्षेप खिच्न लागेको हो । अहिले कुल निक्षेप ७५ खर्ब भन्दा बढी पुगेको छ । केद्रीय बैंकले वित्तीय प्रणालीको अधिक तरलता र ब्याजदर व्यस्थापनका लागि निक्षेप सङ्कलन उपकरण र स्थायी निक्षेप सुविधामार्फत तरलता खिच्दै आएको छ । बोलकबोलमा राष्ट्र […]

पूरा पढ्नुहोस्

अबदेखि विद्युतीय प्रसारण लाइनको तारमुनि पर्ने जग्गाको कित्ताकाट गर्न पाइने

सरकारले विद्युतीय प्रसारण लाइनको तारमुनि पर्ने जग्गाको कित्ताकाट गर्न पाउने व्यवस्था गरेको छ । भूउपयोग नियमावली, २०७९ को तेस्रो संशोधनमार्फत प्रसारण लाइनको मार्गाधिकार (राइट अफ वे) मा पर्ने जग्गाको क्षेत्रको स्वामित्व सम्बन्धित जग्गाधनीकै नाममा रहने गरी कित्ताकाट गर्न सकिने नयाँ व्यवस्था गरिएको छ । प्रसारण लाइन निर्माणमा देखिएको समस्या समाधान गर्न गरिएको यो व्यवस्था गएको […]

पूरा पढ्नुहोस्

सोलुखुम्बुमा हेलिकप्टर दुर्घटना

सोलुखुम्बुको लबुचेमा अल्टिच्युड एयरको हेलिकप्टर दुर्घटना भएको छ। लबुचे हेलिप्याडमा अवतरण गर्ने क्रममा चिप्लिएर बुधबार बिहान हेलिकप्टर दुर्घटनामा परेको प्रमुख जिल्ला अधिकारी लिलाकुमारी केसी पाण्डेले जानकारी दिइन्। हेलिकप्टरमा पाइलटबाहेक यात्रु भने नरहेको प्रहरी नायब उपरीक्षक मनोजित कुँवरले जानकारी दिए। पाइलट भने सकुशल रहेको उनले बताए।

पूरा पढ्नुहोस्

आज विश्व पक्षाघात दिवस : सक्रिय जीवन पद्धति अँगाल्न डाक्टरको सल्लाह

आज विश्व पक्षाघात दिवस, नेपालमा पनि मनाइँदैछ । हरेक वर्ष अक्टोबर २९ तारिखमा विश्व स्वास्थ्य सङ्गठनलगायत संस्थाको सहयोगमा नेपालसहित विश्वका विभिन्न देशमा यो दिवस मनाउने गरिएको छ । एक जटिल शारीरिक अवस्थाको रुपमा रहेको पक्षाघात  मस्तिष्कको कुनै भागमा रक्तसञ्चार नभएमा हुने गर्छ । मस्तिष्कमा अक्सिजन तथा पोषकतत्वको कमी भएर रक्त धमनीमा रगत जम्मा भई अवरोध […]

पूरा पढ्नुहोस्

प्रधानमन्त्री कार्कीको शुभकामना, ‘राष्ट्रिय सङ्कल्पका साथ अघि बढौँ’

प्रधानमन्त्री सुशीला कार्कीले तिहार, म्ह: पूजा, नेपाल संवत्को नयाँ वर्ष ११४६ र छठ पर्वको अवसरमा सम्पूर्ण नेपालीमा शुभकामना व्यक्त गर्दै शान्ति, समृद्धि र सुशासनको आकाङ्क्षा पूरा गर्न राष्ट्रिय सङ्कल्पका साथ अघि बढ्न आग्रह गरेकी छन्। आज जारी गरिएको शुभकामना सन्देशमा उनले कठिन परिस्थितिमा एकताबद्ध रहने नेपाली मौलिक संस्कृति नै भएको उल्लेख गर्दै ‘कुनै पनि भ्रममा […]

पूरा पढ्नुहोस्

तिहारको तेस्रो दिन आज लक्ष्मीपूजा गरिँदै

यमपञ्चक अर्थात् तिहारको तेस्रो दिन आज बेलुका ऐश्वर्य, धनधान्य र सम्पन्नताकी देवी लक्ष्मीको पूजा गरी लक्ष्मीपूजा मनाईंदैछ । आज बिहानै घर सफा सुग्घर र लिपपोत गरी दीपावली गरेर लक्ष्मीलाई आमन्त्रण गरिन्छ । आज विशेषगरी घरका झ्याल, ढोका, चोटा, कोठा, सङ्घार, कौसी, अटाली र भर्‍याङलगायतका ठाउँमा सरसफाई गरी दीपावली गरिन्छ । लक्ष्मी पूजा गरिने कार्तिक कृष्ण […]

पूरा पढ्नुहोस्

तिहार अर्थात् यमपञ्चक शुरु : आज धनतेरस मनाईंदै

यस वर्षको यमपञ्चक अर्थात् तिहार आजदेखि शुरु भएको छ । हरेक वर्ष कात्तिक कृष्ण त्रयोदशीदेखि कात्तिक शुक्ल द्वितीयासम्म यो पर्व मनाइन्छ । आज दिउँसो एक बजेर २३ मिनेटसम्म द्वादशी र त्यसपछि त्रयोदशी तिथि लाग्ने भएकाले आजदेखि तिहार पर्व शुरु भएको हो । दिउँसोपछि त्रयोदशी तिथि परेकाले आजै धनतेरस अर्थात् धनत्रयोदशी पर्व मनाउनुपर्ने नेपाल पञ्चाङ्ग निर्णायक […]

पूरा पढ्नुहोस्

राष्ट्रिय परिचयपत्र प्रणालीसँग जोडियो वैदेशिक रोजगार सूचना प्रणाली

वैदेशिक रोजगारीमा जाने श्रमिकहरूलाई दिइने अभिमुखीकरण तालिम राष्ट्रिय परिचयपत्र (एनआईडी) प्रणालीमा जोडिएको छ । वैदेशिक रोजगार सूचना व्यवस्थापन प्रणालीलाई राष्ट्रिय परिचयपत्र तथा पञ्जिकरण विभागबाट सञ्चालनमा ल्याइएको एनआईडी प्रणालीमा जोडिएको हो । पर्सि बुधवारदेखि यो प्रणाली अनिवार्य गर्न लागिएको वैदेशिक रोजगार विभागले जनाएको छ । यसबाट तालिम प्रदायक संस्थाले वास्तविक सेवाग्राहीलाई मात्र तालिम दिनुपर्ने, वैदेशिक रोजगारीमा […]

पूरा पढ्नुहोस्

बडादशैँको पाँचौँ दिन, तर आज पनि कुष्माण्डा देवीकै पूजा आराधना

बडादशैँको पाँचाैँ दिन। तर शुक्रबार बिहान सूर्योदय चतुर्थीमै हुने भएकाले नवदुर्गामध्ये कुष्माण्डा देवीकै पूजा आराधना गरिँदैछ। दिनका हिसाबले पाँचौँ देवी स्कन्दमाताको पूजा गर्नुपर्ने भए पनि  शुक्रबार बिहान चतुर्थी नै रहेकाले कुष्माण्डा देवीकै पूजा गर्नुपर्ने नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ। यिनी ब्रह्माण्ड उत्पत्तिको कारक मानिएकी छिन्। सिंहमाथि सवार यिनको अष्टभुजामा कमण्डलु, कलश, धनु, वाण कमल चक्र गदा आदि छन्। […]

पूरा पढ्नुहोस्

नवरात्रको दोस्रो दिनः माता ब्रह्मचारिणीको पूजा तथा आराधाना गरिदै

नवरात्रको दोस्रो दिन ब्रह्मचारिणी स्वरुप नवदुर्गा भवानीको पूजा तथा आराधना गरिन्छ। ‘ब्रह्मा’ को अर्थ तपस्या अर्थात कठोर तप गर्ने भन्ने बुझिन्छ। ब्रह्मचारिणी देवीले शिरमा अर्धचन्द्र र नाना प्रकारका आभूषण धारण गरेकी छन्। दाहिने हातमा जपमाला र बाँया हातमा कमण्डलु लिएकी छन्। पौराणिक मान्यता अनुसार माता पार्वतीले भगवान शिवलाई प्राप्त गर्न ब्रह्मचर्य धारण गरी हजारौँ वर्षसम्म […]

पूरा पढ्नुहोस्