रोचक
चितवनमा तोरीखेती बढ्यो
चितवन। भरतपुर महानगरपालिका र माडी नगरपालिकामा गत वर्षको तुलनामा यस वर्ष तोरीखेती हुने क्षेत्रफल बढेको छ । जिल्ला कृषि विकास कार्यालय चितवनका योजना अधिकृत निर्मल पौडेलका अनुसार गत वर्षको तुलनामा यस वर्ष तोरीखेती हुने क्षेत्रफल सातदेखि आठ प्रतिशत बढेको हो । गत आर्थिक वर्ष २०८०/८१ मा जिल्लामा १३ हजार छ सय ४२ हेक्टर क्षेत्रफलमा तोरीखेती […]
पूरा पढ्नुहोस्
चितवनमा जलपंछीको गणना सुरू आज राप्ती नदी र दिव्यनगर फार्म क्षेत्रमा हुने
चितवनमा आजबाट जलपंछीको गणना सुरू भएको छ । ताल, तलैया, नदी र सिमसार क्षेत्रमा पाइने जलपन्छीहरूको संख्या, प्रजाति र वासस्थानको अवस्थाबारे जानकारी लिन हरेक वर्ष जनवरी महिनाको पहिलो शनिवारबाट जलपन्छी गणना सुरू हुन्छ। चितवनमा भने (आज) सोमबारदेखि सुरू हुन लागेको हो। गणना जनवरी १९ सम्म सञ्चालन हुनेछ। यस अवधिमा पानीमा आश्रित तथा पानी वरिपरि बस्ने […]
पूरा पढ्नुहोस्
बडादसैँको अवसरमा सप्तरीको छिन्नमस्ता र कंकालिनी भगवती मन्दिरमा पुष्प वृष्टि
नेपाली सेनाको हेलिकप्टरबाट बडादसैँको अवसरमा सप्तरीको छिन्नमस्ता र कंकालिनी भगवती मन्दिरमा पुष्प वृष्टि गरिएको छ। पहिलो पटक आज छिन्नमस्ता गाउँपालिकाको आग्रहमा नेपाली सेनाको हेलिकप्टरमार्फत् पुष्पवृष्टि गरिएको उनले बताए । ‘धार्मिक आस्था र मातृ शक्तिप्रति श्रद्धा व्यक्त गर्दै, छिन्नमस्ताको अद्भुत शक्तिको सम्मानस्वरूप पहिलो पटक हामीले अष्टमीको दिने पुष्प वृष्टि गर्दा यहाँका भक्तजन र यस क्षेत्रका स्थानीयवासी […]
पूरा पढ्नुहोस्
स्याङ्जा सम्पर्क समाज पोविविको आयोजनामा आर्ट प्रतियोगिता हुँदै
पोखरा विश्वविद्यालयमा पहिलो पटक आर्ट प्रतियोगिता हुँदैछ।पोखरा विश्वविद्यालय स्याङ्जा सम्पर्क समितिको आयोजनामा प्रतियोगिता हुन लागेको हो।सो कार्यक्रम शुक्रबार बिहान ११ बजे हुनेछ। […]
पूरा पढ्नुहोस्
वैशाख शुक्ल पूर्णिमाका दिन उभौली पर्व मनाइँदै
किराँत राई समुदायले मनाउने उभौली पर्व आज देशभर भूमेस्थानमा पूजा आराधना गरी मनाइँदै छ।उनीहरुले सो पर्व प्रत्येक वर्ष वैशाख शुक्ल पूर्णिमाका दिन मनौनी गर्छन।बाली लगाउनुअघि गाउँगाउँमा रहेका भूमेस्थानमा राम्रोसँग काम होस् भनी प्रकृतिको पूजा आराधना गरिने परम्परा रहेको छ। गर्मी बढ्ने भएकाले यो समुदायका मानिस बेँसीबाट लेकतिर उँभो लाग्ने भएकाले पनि यसको नाम उभौली रहेको […]
पूरा पढ्नुहोस्
आज यस वर्षको पहिलो चन्द्र ग्रहण लाग्दै
आज यस वर्षको पहिलो चन्द्रग्रहण लाग्दै।यो चन्द्रग्रहणलाई पेनुमब्रल चन्द्रग्रहण भनिएको छ।यो चन्द्रग्रहण अरु बेलाको भन्दा विशेष छ । विशेष यसकारण कि अरु बेलामा जस्तो पृथ्वीले छोपेको कालो छाया चन्द्रमामा देखिने छैन र चन्द्रमाको आकार परिवर्तन भएको पनि देखिने छैन। […]
पूरा पढ्नुहोस्
शान्तिका अग्रदूत सिद्धार्थ गौतमको २५६७औं जयन्ती आज मनाइँदै
प्रत्येक वर्षझैँ वैशाख शुक्ल पूर्णिमाका दिन आज २५६७औं बुद्ध जयन्ती भगवान् विष्णुको नवौं अवतारका रूपमा जन्म लिएका बुद्धको पूजा, आराधना एवं प्रवचन गरी मनाइँदै छ।वैशाख शुक्ल पूर्णिमाका दिन सिद्धार्थ गौतमले विश्व शान्ति स्थापनाका लागि पुर्याएको योगदानको स्मरणस्वरूप यो पर्व मनाउने गरिएको हो। […]
पूरा पढ्नुहोस्
वीरगञ्जप्रहरीले गुणस्तरहीन मोबिल बेचेको आरोपमा दुई जनालाई पक्राउ गरे
वीरगञ्ज महानगरपालिका– ३ छपकैया बस्ने ३५ वर्षीय शेष आविद अली र वीरगञ्ज–१७ अलौं बस्ने २३ वर्षीय शेख कौशललाई प्रहरीले गुणस्तरहीन मोबिल बेचेको आरोपमा पक्राउ गरेको छ।उनीहरु दुवै वीरगञ्ज–३ छपकैया स्थित समसुन ट्रेडर्सका सञ्चालक हुन्। […]
पूरा पढ्नुहोस्
कानुन पढ्ने दुई विद्यार्थी द्वारा बहुविवाहसम्बन्धी कानुनले पुरूषमाथि विभेद गरेको भन्दै सर्वोच्च गए
‘काठमाडौं स्कुल अफ ल’ मा अध्ययनरत कानुनका दुई विद्यार्थी; स्मृति सापकोटा र प्रशान्त कार्कीले मुलुकी देवानी संहिता र अपराध संहिताका दुई दफाले पुरूषमाथि विभेद गरेकाले तिनलाई खारेज गर्न संवैधानिक अदालतमा रिट दर्ता गरेका छन्। […]
पूरा पढ्नुहोस्
ब्राउन सुगरसहित चार व्यक्ति पक्राउ
ब्राउन सुगरसहित चार व्यक्तिलाई जिल्ला प्रहरी कार्यालय सुर्खेतले पक्राउ गरेको छ । उनीहरु वीरेन्द्रनगरबाट पक्राउ परेका हुन् ।पक्राउ पर्नेमा वीरेन्द्रनगर नगरपालिका–८ का १८ वर्षीय मोहन रासकोटी, वडा नं ७ का २३ वर्षीय सुरज गौली, १० का २४ वर्षीय सुशील चौधरी र १८ वर्षीय राजन सार्की रहेको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जानकारी दिएछ। […]
पूरा पढ्नुहोस्



















