१६ चैत्र २०८०, शुक्रबार १०:४१
भक्तपुरको सानोठिमीमा विहीबार बेलुकी सात बजे आर्मी ब्यारेकनेर ओरालोमा नम्बर नखुलेको पल्सर मोटसाइकलले ठक्कर दिँदा सानोठिमी बस्ने ६२ वर्षीय राम थापाको मृत्यु भएको हो।
मोटरसाइकलको ठक्करबाट गम्भीर घाइते भएका थापाको मध्यपुर अस्पताल ठिमीमा उपचारको क्रममा सोही दिन बेलुकी ७ बजेर २१ मिनेटमा मृत्यु भएको जिल्ला प्रहरी परिसर भक्तपुरका सूचना अधिकारी बसन्त पाठकले जानकारी दिए।
शव पोष्टमार्टमका लागि केएमसी दुवाकोट अस्पताल राखिएको छ । मोटरसाइकल चालकको खोजी भइरहेको प्रहरीले जनाएको छ।








































प्रतिकृया दिनुहोस्