१९ चैत्र २०८०, सोमबार १३:५९
इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा आज मुम्बई इन्डियन्स र राजस्थान रोयल्स खेल्दैछन् । यो खेल मुम्बईको वानखेडे स्टेडियममा बेलुका पौने ८ बजे शुरु हुनेछ ।
यसअघि पाँच पटकको विजेता मुम्बईले आफ्नो शुरुवाती दुवै खेल हारेको छ । राजस्थानले शुरुवाती दुवै खेल जितेको छ । राजस्थान ४ अङ्कसहित तालिकाकाे तेस्राे स्थानमा छ भने अङ्कविहीन मुम्बई नवाैँ स्थानमा छ ।
मुम्बई र राजस्थानबीच आईपीएलमा २८ वटा खेल भएकाे छ । जसमा मुम्बई १५ र राजस्थान १२ खेलमा विजयी भएकाे छ । १ खेल नतिजाविहीन भएकाे छ । मुम्बईले पाँचाैँ पटक उपाधि जित्दा राजस्थानले एक पटक विजेता बनेकाे छ ।








































प्रतिकृया दिनुहोस्