भरतपुर महानगरपालिका वडा नं १९ स्थित श्री जनप्रिय पब्लिक स्कुलले कक्षा १० को एस इ इ परिक्षामा सहभागि विद्यार्थीहरु लाइ एक औपचारीक कार्यक्रम संचालन गरि विदाइ गरिएको छ । भरतपुर महानगर वडा नं १९ का वडा अध्यक्ष प्रकाश तामाङ ज्यू को प्रमुख आतिथित्यतामा सम्पन्न कार्यक्रमका सभापति जनप्रिय पब्लिक स्कुलका संचालक समितिका सदस्य यूवराज अर्यालको सभापतित्वमा भएको थियो । सो कार्यक्रममा संविधान सभा सदस्य विष्णु मायाँ परियार,विद्यालय शिक्षक अभिभावक संग संयोजक इन्दिरा भुषाल, वडा नं १९ को वडा सदस्य खड्क वहादुर तमाङ,ग्लोरियस एकाडेमीका प्राचार्य तथा चितवन जिल्ला प्याब्सन सह सचिव शारदा ढकाल,ग्लोरियस एकाडेमी संचालक समितिका अध्यक्ष तोरण ढकाल,शहिद स्मारक कलेज शारदानगर का सहायक क्याम्पस प्रमुख राजु राना भाट, समाजसेवीहरु विष्णु माया अर्याल,भरत पौडेल, आशमान तामाङ, डिल्ली प्रसाद रिजाल,वसन्त अधिकारी,रणवहादुर गुरुङ , लगाएत कक्षा १० को एस इ इ सहभागि विद्यार्थीहरु तथा अभिभावकहरुको उपस्थिती थियो ।प्राचार्यको मन्तब्यमा विद्यालयको शैक्षिक प्रतिवेदन तथा शैक्षिक सत्र २०८० को अतिरिक्त कृयाकलाप १०४ वटा कार्यमा सहभागिता रहेको प्रिण्ट पेपर अतिथिहरु लाई वितरण गनर््भएको थियो । सो कार्यक्रमको स्वागत भाषण विश्वराज अर्यालले गर्नुभएको थियो । स्वागत मन्तब्यमा पहिचान सहितको ब्यावहारीक शिक्षा आजको आवश्यकताहो । प्रकृति,प्रविधि र सस्कृति संगको शिक्षा आजको आवश्यकता हो । वस्तु पढाउनु पर्दछ । केवल भाषा सिकाएर मात्र सिकाइमा पूर्णता नहुने तथा ब्यवहारीक शिक्षा आजको आवश्यकता भन्ने भनाइ साथ नयाँ वर्ष २०८१ सालको सवैमा हार्दिक मंगलमय शुभकामना ब्यक्त गर्नुभयो । प्रम्ख अतिथिको मन्तब्यमा भरतपुर महानगरपालिका वडा नं १९ का वडा अध्यक्ष प्रकाश तामाङले जनप्रिय पब्लिक स्कुल अतिरिक्त कृयाकलापमा अब्वल रहेको जानकारी गराउनु भयो । अतिथि ज्यूहरुले जनप्रिय स्कुलको शैक्षिक स्थरको उन्निति तथा एस इ इ दिएर जाने विद्यार्थीहरुको उज्वल भविश्यको को शुभकामना ब्यक्त गर्नुभयो । समापन मन्तब्यमा सभापति यूव राज अर्याले यस कार्यक्रम सफल पार्न योगदान दिने महानुभावहरु लाइ धन्यवाद ब्यक्त गर्नुभएको थियो ।कक्षा १० एस इ इ मा सहभागि विद्यार्थीहरुलाई फोटो सहितको मायााको चिनो सवै विद्यार्थीहरुलाइ प्रदान गरिएको थियो ।मा वि तह अंगे्रजी विषय अध्यापन गराउने शिक्षक कन्चन गूरुङ शैक्षिक सत्र २०७९ मा पूरा विद्यालयमा उपस्थित भइ शैक्षिक कार्यमा अतुलनिय कार्य गर्नुभएकोमा विद्यालयले एक महिनाको तलव सहित सम्मानीत हुनुभयो । सो कार्यक्रमको सहजिकरण विद्यालयका सह प्राचार्य निर्मल रानाभाट ले स कुसल संचालन गर्नुभएको थियो ।सो कार्यक्रममा विद्यालयको तर्फवाट लेखापाल पवित्रा गैरे,राम कुमारी वराल, परिक्षा कोर्डिनेटर शन्देश भण्डारी, सागर तामाङ ,इ सि ए. इन्चार्ज अजय तामाङ,विद्याथीहरुको तर्फ वाट अर्पण गुरुङ ,सुमिन सुबेदी,ुुसुपर्ना लामा ले मन्तब्य राखेका थिए । विभिन्न अतिरिक्त कार्यक्रममा मेडल जित्न सफल १२ जना विद्यार्थीहरु पनि सम्मानित भए ।








































प्रतिकृया दिनुहोस्