चितवनमा नेपाल वन्दको प्रभाव सामान्य परेको छ । जिल्ला प्रहरी कार्यलय चितवनको अनुसार यतिबेला सामान्य तरिकाले गाडी गुडिरहेका छन् । तर, लामो दूरीमा चल्ने गाडी चलेका छैनन ।
गृह मन्त्रालयलको सूचनालाई मध्यनजर गर्दै जिल्लामा सुरक्षा व्यवस्था कडा बनाईएको छ । चोकचोकमा सुरक्षाकर्मी खटिएका छन । प्रहरीले ढुक्क भएर गाडी चलाउन र यात्रा गर्न आग्रह गरेको छ ।
गृह मन्त्रालयले सूचना निकालेर देशका ७७ वटै जिल्ला प्रशासन कार्यालय, प्रहरी प्रधान कार्यालय, सशस्त्र प्रहरी बल र राष्ट्रिय अनुसन्धान विभागलाई कानुन विपरीतका गतिविधि हुन नदिन सम्पूर्ण सुरक्षा संयन्त्रलाई उच्च सतर्कतामा राखि शान्ति सुरक्षा कायम गर्न निर्देशन दिएको हो ।
अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेशन एमसीसीसँगको सम्झौताको विरोधमा आज नेत्रविक्रम चन्द नेतृत्वको नेकपालगायतका कम्युनिष्ट पार्टी र मोर्चाले बन्द आह्वान गरेका छन ।








































प्रतिकृया दिनुहोस्