४ फाल्गुन २०७८, बुधबार ०८:३५
आज बस्ने प्रतिनिधिसभा बैठकमा एमसीसी सम्झौता टेबल गर्ने तयारी भए पनि सत्ता गठबन्धनबीच अझै सहमति भएको छैन ।
प्रधानमन्त्री एंव नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आज एमसीसी सम्झौता टेबल गर्ने तयारी गर्नु भएको छ तर नेकपा माओवादी केन्द्र, एकीकृत समाजवादी र जनता समाजवादी पार्टी यथास्थितिमा एमसीसी टेबल गर्ने पक्षमा छैनन् । यसले आजको संसदमा एमसीसी टेबल हुनेमा अन्यौल बढाएको छ ।
माओवादी केन्द्रले यथास्थितिमा एमसीसी सम्झौता अनुमोदन नगर्ने निर्णय नै गरेको छ । हिजो बसेको केन्द्रीय कार्यालयको विस्तारित बैठकले गठबन्धनमा सहमति नजुटाई एमसीसी अनुमोदन प्रक्रिया अगाडि बढाए सरकारबाट बाहिरिने निर्णय गरेको माओवादी नेता नारायणकाजी श्रेष्ठले बताउनु भएको छ । एमसीसी टेबल नहुने सम्भावना बढेपछि संसद बैठक अघि आज तीन दलका प्रमुख नेताबीच छलफल हुँदैछ ।








































प्रतिकृया दिनुहोस्