२४ बैशाख २०८१, सोमबार २१:५६
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले संसदमा कसैको पनि बहुमत नहुँदा जस्ता व्यक्ति पनि मन्त्री बन्ने अवस्था आएको बताउनुभएको छ ।
वरिष्ठ राजनीतिज्ञ सिद्धिनाथ ज्ञवाली स्मृति ग्रन्थ विमोचन कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले संसद्को अङ्कगणितका कारणले अहिले हाहाहुँहुँ गरेकै भरमा केही व्यक्तिहरू मन्त्रीसमेत बन्न सक्ने बताउनुभयो । नागरिकमा बढेको असन्तुष्टिको फाइदा उठाएर जनप्रतिनिधि बन्ने र पूरानो त्यागको अवमूल्यन गर्ने प्रवृत्ति बढेको उहाँले बताउनुभयो ।
ओलीले भन्नुभयाे, ‘संसदमा कसैकाे बहुमत छैन । अहिले हाहाहुँहुँ गरेकै भरमा जस्ता व्यक्ति पनि मन्त्री भइरहेका छन् । अहिले पुरानाे त्यागलाई अवमूल्यन र अपमान गर्ने प्रवृत्ति बढेकाे छ ।’
ओलीले एमालेले आफूलाई राष्ट्रिय निर्णायक शक्तिको रूपमा उभ्याउन चाहेको उल्लेख गर्दै त्यसमा साथ दिन अपिल गर्नुभएकाे छ ।








































प्रतिकृया दिनुहोस्