१२ जेष्ठ २०८१, शनिबार ०७:२५
तनहुँको व्यास नगरपालिका मेयरको पुनःमतगणना आउँदो असार २ गते हुने भएको छ । उच्च अदालत पोखराले गएको जेठ १ गते गरेको फैसलाको पूर्णपाठ सार्वजनिक गर्दै असार २ गते पुनःमतगणना हुने जनाएको हो । उच्च अदालत पोखराको सभाहलमा असार २ गते बिहान १० बजेदेखि मतगणना गर्न शुरु हुनेछ ।
मेयरका उम्मेदवार दीपकराज जोशीले मतगणनामा धाँधली भएको भन्दै २०७९ साल जेठ १२ गते निर्वाचन आयोगसहित पाँच जनालाई विपक्षी बनाइ रिट दर्ता गर्नुभएको थियो । रिटमा अन्तिम सुनुवाई गर्दै अदालतले निवेदकको दाबी पुग्ने फैसला गरेको थियो ।
२०७९ साल वैशाख ३० गते भएको चुनावमा मेयर बैकुण्ठ न्यौपाने १२ हजार ७८ मत प्राप्त गरी विजयी हुनुभएको थियो भने जोशीले ११ हजार आठ सय २६ मत प्राप्त गर्नुभएको थियो ।








































प्रतिकृया दिनुहोस्