२५ जेष्ठ २०८१, शुक्रबार ०८:३३
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सत्ता गठबन्धनमा सामेल सबै दलका १/१ जना मन्त्री फिर्ता गर्न राखेको प्रस्तावमा नेकपा एमालेले असहमति जनाएको छ।
प्रधानमन्त्री प्रचण्ड आफ्नो सरकारलाई विश्वासको मत दिने नागरिक उन्मुक्ति पार्टी (नाउपा) र जनमत पार्टीलाई समेत समावेश गरी मन्त्रिपरिषद् पुनर्गठन गर्ने तयारीमा छन्। तर प्रधानमन्त्रीको मन्त्री फिर्ता गर्ने प्रस्तावमा नेकपा एमालेका अध्यक्ष केपी ओली असहमत भएको बताइएको छ।
नाउपा र जनमतलाई सरकारमा समावेश गर्नेबारे प्रधानमन्त्री प्रचण्डले जेठ २२ गते एमाले अध्यक्ष ओली र एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालसँग छलफल गरेका थिए।
छलफलमा प्रधानमन्त्री प्रचण्डले एमाले र माओवादीबाट १/१ जना मन्त्री फिर्ता गर्ने प्रस्ताव राखे पनि एमाले अध्यक्ष ओली सहमत नभएको बताइएको छ।








































प्रतिकृया दिनुहोस्