२५ जेष्ठ २०८१, शुक्रबार ०८:४८
भरतपुर केन्द्रीत सरसफाइ अभियान चलाईरहेको वे ग्रुप ९ वर्षमा प्रवेश गरेको छ ।
सामाजिक कार्यमा सफलता हासिल गरेर ९ वर्षमा प्रवेश गरेको अवसरमा वे ग्रुपले विहिवार उत्सव समेत मनाएको छ ।
हप्ताको एकदिन एकछिन भन्ने नाराको साथ हरेक सोमबार ग्रुपले सरसफाइ वा श्रमदान गर्दै आएको छ ।
२०७३ साल जेठ २४ गते भरतपुरको लङकु स्थित शिवालय मन्दिरबाट सुरु भएको अभियान पछि भरतपुरका विभिन्न मठमन्दिर,खोलानाला, सडक तथा सार्वजनिक स्थानहरुमा पुगेको छ ।
सामाजिक कार्यक्रममा सधै जागरुक भएर लाग्ने वे ग्रुपले नवौ साधरण सभामार्फत प्रतिवद्धता जनाएको छ ।








































प्रतिकृया दिनुहोस्