२८ जेष्ठ २०८१, सोमबार २१:५८
नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले समाजवादी शक्तिहरुलाई एक ठाउँमा उभिन अपिल गरेका छन्।
जनता समाजवादी पार्टी, नेपालको महाधिवेशनलाई जनकपुरमा सम्बोधन गर्दै उनले यस्तो अपिल गरेका हुन्।
पार्टी विभाजन भएपछि समाजवादी मोर्चा शिथिल परेको समयमा पूर्वप्रधानमन्त्रीसमेत रहेका नेपालले समाजवादी शक्तिहरुलाई एक ठाउँमा उभिन अपिल गरेका हुन्।
जसपा, नेपालको उद्घाटन सत्रलाई सम्बोधन गर्दै नेपालले मुलुकमा देखिएका अवरोधलाई हटाउन समाजवादी शक्तिहरु एक ठाउँमा उभिन आवश्यक रहेको बताए।
एकताबद्ध भएर अघि बढ्ने हो भने कुनै पनि चुनौतीको सामना गर्न सकिने उनले बताए।








































प्रतिकृया दिनुहोस्