११ फाल्गुन २०७८, बुधबार ०८:४८
आजदेखि नेपाल–भारत ऊर्जा सचिवस्तरीय संयुक्त निर्देशक समितिको बैठक वस्ने भएको छ ।
काठमाण्डौमा बस्ने बैठक दुई दिनसम्म चल्नेछ । ऊर्जा सचिवस्तरीय संयुक्त निर्देशक समितिको बैठकमा नेपाल–भारत विद्युत् व्यापार तथा संरचना निर्माणका विषयमा छलफल हुनेछ ।
बैठकमा नेपालका तर्फबाट ऊर्जा सचिव देवेन्द्र कार्कीको नेतृत्वमा मन्त्रालय मातहत निकायका अधिकारी सहभागी हुनेछन् ।
यस्तै, भारतका ऊर्जा सचिव आलोककुमार नेतृत्वको प्रतिनिधिमण्डले सहभागिता जनाउनेछ । बैठकमा सहसचिवस्तरीय समितिले एजेन्डा तय गर्नेछ ।
बैठकमा नेपालका तर्फबाट विद्युत् व्यापार र केही प्रसारण लाइन आयोजनाका बारेमा प्रस्ताव गर्ने तयारी गरिएको छ ।








































प्रतिकृया दिनुहोस्