११ फाल्गुन २०७८, बुधबार ०९:०८
वरिष्ठ लोकगायक एवं कलाकार जयनन्द लामाको निधन भएको छ । बिहान भक्तपुरको कौशलटारमा रहेको आफ्नै निवासमा उहाँको निधन भएको हो ।
सिन्धुपाल्चोक बाह्रविसे नगरपालिका– २ धार्पाका जन्मिएका लामा गायक, नृत्य निर्देशक, कलाकार, लोकगीत संकलक समेत हुनुहुन्थ्यो ।
लामाले थुप्रै मौलिक लोकगीत गाउनुका साथै चलचित्र र टेलिश्रृंखलामा अभिनयसमेत गर्नुभएको छ ।
लामाले २०३० सालमा मनको बाँध चलचित्रबाट पहिलो पटक अभिनय यात्रा सुरू गरेका थिए ।








































प्रतिकृया दिनुहोस्