६ श्रावण २०८१, आईतवार १४:०९
जिल्ला प्रहरी कार्यलयमा कार्यरत प्रहरी रात्रिकालीन गस्तीमा हिड्दा मापसे गरि मोटरसाइकल चलाउदा दुर्घटना भए एक पैदल यात्रुको मृत्यु भएको छ ।
भरतपुर २ विशालचोकबाट आपटारीतर्फ जादेै गरेको ना २१ प १७१५ नमबरको मोटरसाईकलले बुधवार पैदलयात्री सुष्मा श्रेष्ठलाई ठक्कर दिएको थियो । दुर्घटनामा गम्भीर घाईते श्रेष्ठको उपचारको क्रममा नया मेडिकल कलेजमा आज मृत्यु भएको छ ।
उक्त मोटरसाईकल जिल्ला प्रहरी कार्यलयमा कार्यरत प्रहरी जवान सुर्य न्यौपानेले चलाएका हुन ।
उनले रात्रिकालीन डिउटीमा मदिरा पिएर मोटरसाईकल चलाएको मेडिकल रिपोर्टमा देखिएको छ । हाल उनी प्रहरी नियन्त्रणमा छन ।








































प्रतिकृया दिनुहोस्