त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट दुई जना अवैध सुनसहित पक्राउ परेका छन्। पक्राउ पर्नेहरूमा नवलपरासीको बर्दघाट नगरपालिका-४ घर भएका २७ वर्षीय प्रशान्त गैरे र सप्तरी सुरुङ्गा नगरपालिका-३ घर भएका ४१ वर्षीय सन्तोषकुमार कुँवर रहेका छन्।
विमानस्थलको अन्तर्राष्ट्रिय उडानतर्फको आगमन पार्किङ एरियाबाट उनीलाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको हो। उनीहरुबाट ८१ ग्राम सुन बरामद भएको प्रहरीले जनाएको छ।
हिमालयन एयरलाइन्सको उडानद्वारा कतारबाट गैरे काठमाडौं आएका थिए।उनैले ल्याएको सुन कुँवरले रिसिभ गरेको प्रहरीले जनाएको छ।पक्राउ परेका दुवै जनालाई कारबाहीका लागि प्रहरी वृत्त गौशालामा पठाइएको ।








































प्रतिकृया दिनुहोस्