जनता समाजवादी पार्टी नेपाल जसपाको मंगलवार सम्पन्न केन्द्रिय कार्यकारिणि समितिको बैठकले पर्साबाट निर्वाचित सांसद प्रदिप यादवमाथीको कारवाही फुकुवा गरेको छ ।
बैठकले सांसद यादवको कार्य कुशलताको प्रशंसा गर्दै जसपाको फागुन २९ र ३० गते हुने केन्द्रिय समितिको बैठकले केन्द्रिय समितिमा मनोनय गर्ने र थप संगठनात्मक जिम्मेवारी दिने संद्धान्तिक सहमति समेत गरेको छ ।
संघीय सरकारमा मन्त्री पठाउने विषयमा अध्यक्ष उपेन्द्र यादवले पार्टीका शिर्ष नेतृत्वको निर्णय बिरुद्ध एकलौटी रुपमा मन्त्रीहरु पठाएपछी सांसद यादव समर्थकहरुले त्यसको बिरोध गरेका थिए ।
पार्टीमा योगदान दिएका व्यक्तिलाई मन्त्री नबनाई आफ्नो पकेटका मान्छेलाई मन्त्री बनाएको भन्दै सांसद यादव समर्थित कार्यकर्ताहरुले विरगञ्जदेखी काठमाडौंसम्म अध्यक्ष उपेन्द्रको पुतला जलाउँदै बिरोध गरेका थिए ।
आफ्नै कार्यकर्ताहरुले पार्टी अध्यक्षको बिरोध गरेपछी अध्यक्ष उपेन्द्र समर्थित नेताहरुले सांसद यादवमाथी कारवाही गर्न दवाव बनाएका थिए ।
पार्टी माहासचिव रामसहाय प्रसाद यादवको नेतृत्वमा बनेको छानबिन समितिले अध्यक्षको बिरोधमा सांसद यादवको उक्साहट रहेको भन्दै उनलाई ६ महिलाको लागि पार्टीबाट निलम्बन गरेको थियो ।
मंगलवार सम्पन्न भएको कार्यकारिणि बैठकमा संघीय परिषद अध्यक्ष डा।बाबुराम भट्टराईले सांसद यादवमाथीको कारवाही फिर्ता हुनुपर्ने कुरा उठाएपछी त्यसबारे छलफल भएको जसपा कार्यकारिणि सदस्य प्रकाश अधिकारीले बताए ।
डा।भट्टराईको कुरामा अधिकांश सदस्यहरु सहमत भएपछी सांसद यादवमाथीको कारवाही फिर्ता लिने र उनलाई केन्द्रिय समितिमा बढुवा गर्दै थप जिम्मेवारी दिने सहमति भएको अधिकारीले बताए ।
कारवाही फिर्ता भएपछी सांसद यादवले सत्यको जित भएको बताएका छन् ।








































प्रतिकृया दिनुहोस्