१० आश्विन २०८१, बिहीबार ०८:२२
अन्तराष्ट्रिय सहयोग सन्जाल नेपालले चन्द्रपुर नगरपालिकाको विपन्न नागरिकलाई कपडा वितरण गरेको छ ।
चाडवाडको सम्मुखमा ७०० विपन्न परिवारलाई कपडा वितरण गरेको हो । कार्यक्रम चन्द्रपुर नगरपालिका वडा नं. ६ का वडाअध्यक्षको संयोजकत्वमा भएको हो ।
सो अवसरमा जसपा नेपालको चन्द्रपुर नगर उपाध्यक्ष आशिष कुशवाह,समाजसेवी नेतृ शान्ति राईको उपस्थिति रहेको थियो ।
कार्यक्रममा उपस्थित व्यक्तिहरुले गरिव विपन्नलाई कपडा वितरण गरेकोमा संस्थालाई धन्यवाद दिएका छन ।
साथै चाडवाडको समयमा यस्ता कार्यक्रमले विपन्नहरुको परिवारमा खुसीयाली छाएको समेत वताएका छन ।








































प्रतिकृया दिनुहोस्