CREATOR: gd-jpeg v1.0 (using IJG JPEG v62), quality = 82
मुग्लिन–मलेखु सडकखण्ड अन्तर्गत चितवनको इच्छाकामना गाउँपालिका वडा नं. ४ घोप्टेभिरमा खसेको पहिरो चालक र सहचालक आफैंले पन्छाएका छन् ।
आज बिहान घोप्टेभिरमा ढुंगा,माटोसहित सानो पहिरो खसेर एकतर्फी बाटो अवरुद्ध भएकाले सो ठाउँमा खसेका ढुंगा ट्रक चालक र सहचालकहरु मिलेर पन्छाएका हुन् ।
चितवनको घोप्टेभिर क्षेत्रमा बेलाबेलामा पहिरो गइरहने तर त्यहाँ पहिरो पन्छाउने मेसिन आई नपुग्दै चालक,सहचालकहरुले आफैं पहिरो पन्छाएका हुन् ।
मुग्लिन–मलेखु सडकखण्डका खसेको पहिरो पन्छाउन सगुन कन्स्ट्रक्सनका मेसिन प्रयोग गर्ने गरिएको छ । तर मेसिन प्रयोगमा निकै ढिलासुस्ती हुने गरेको मुग्लिनका पत्रकार विनोद श्रेष्ठ बताउँछन् ।
‘मुग्लिन–नारायणगढ खण्डमा चाहिँ तत्कालै मेसिन चलाउने गरेको देखिन्छ तर मुग्लिन–मलेखु खण्डमा चाहिँ ढिलो भएको देखिन्छ,’ पत्रकार श्रेष्ठ भन्छन्, ‘उनीहरुको प्रक्रिया नै लामो हुने रहेछ ।’








































प्रतिकृया दिनुहोस्