अविरल बर्षाका कारण आएको पहिरोले तनहुँको बुद्धसिंह मार्गमा रहेको व्यास नगरपालिका र बन्दीपुर गाउँपालिकाको सिमाना नाल्दीमा विधुत् खम्बामा क्षति पुग्दा दुई स्थानीय तहका एक हजार पाँच सय घरधुरीमा विधुत् अवरुद्ध भएको छ ।
पहिरोले सडकसमेत अवरुद्ध हुँदा विद्युत् सञ्चालन गर्न कठिनाइ भएकोले देवघाट गाउँपालिका र ऋषिङ गाउँपालिकाका उपभोक्ता अन्धकारमा बस्नुपरेको हो ।
नेपाल विद्युत् प्राधिकरण तनहुँ वितरण केन्द्र प्रमुख विजय रेग्मीका अनुसार – ”नाल्दीमा गाडिएको ११ केभी ‘डबल सर्किट’ ११ मिटरका नौ थान स्टिल विधुत् खम्बा ढलेर प्रयोग गर्न नसकिने गरी क्षति भएको र पहिरोले सडक समेत अवरुद्ध हुँदा विधुत् सञ्चालन गर्न कठिनाइ भएको छ ।
बाढीपहिरोले जिल्लाका अन्य ठाउँहरु भानु नगरपालिकाको शेपाबगैँचा, व्यास नगरपालिकाको छाब्दीबाराही, घाँसीकुवा, कमलाबारी, करङकाठ लगायत ठाउँमा पहिरोले विधुत् खम्बामा क्षति पुगेको छ ।








































प्रतिकृया दिनुहोस्