sf7df8f}F, @# kmfu'gM
g]skf -dfcf]jfbL kf6L{_sf] s]Gb|Lo ;ldlt a}7s
g]kfn sDo'lgi6 kf6L{-dfcf]jfbL s]Gb|_sf] ;f]daf/ /fhwfgLdf a;]sf] s]Gb|Lo ;ldltsf] a}7s . tl:a/M gjLg kf}8]n÷/f;;
नेकपा माओवादी केन्द्रले पार्टीमा भावी नेतृत्वसमेत तयार पार्ने उद्देश्यले युवालाई प्राथमिकताका साथ केन्द्रीय समितिमा समेटेको छ । काठमाण्डौमा भइरहेको केन्द्रीय समितिको बैठकमा माओवादीले विद्यार्थी सङ्गठनका पूर्वअध्यक्ष तथा सहायक सङ्गठन वाईसीएल नेपालका अध्यक्षलगायत युवालाई केन्द्रीय समितिमा ल्याएको हो ।
अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टीमा युवा, प्रौढ र वृद्ध तीनै उमेर समूहको उचित प्रतिनिधित्व गराउने लक्ष्यका साथ युवालाई विशेष भूमिका दिइएको जानकारी गराउनुभएको थियो । अखिल ९क्रान्तिकारी० का ६ जना पूर्वअध्यक्ष केन्द्रीय समितिमा अटाएका छन् ।
गएको पुसमा सम्पन्न आठौँ महाधिवेशनमा मनोनीत हुन बाँकी केन्द्रीय सदस्यमध्ये आज सोमवार ९७ जनाको नाम प्रस्ताव गरिएको थियो । केन्द्रीय समितिमा अटाएका युवा नेतामा सुरेन्द्र बस्नेत, तिलकराज भण्डारी, उत्तम अधिकारी, दीपक देवकोटा, विजय गौतम, रञ्जित तामाङ हुनुहुन्छ । यस्तै रमेश मल्ल, नरेन्द्र न्यौपाने, रत्न ढकाल र सन्तोष विष्टलाई पनि केन्द्रीय सदस्यमा मनोनयन गरिएको छ ।
यस्तै शैलेन्द्र घिमिरे, दीपक कोइराला, इन्द्र गोतामे, सुदीप कुँवर र सूर्यमान दोङ पनि केन्द्रीय समितिमा समेटिनुभएको छ । शङ्कर दुलाल, ठाकुर विक, तेजबहादुर मिजार, घनेन्द्र बराइली र पदमबहादुर केन्द्रीय सदस्य बन्नुभएको छ ।
केन्द्रीय समिति बैठकबाट खुलातर्फ ५५ र समानुपातिकतर्फ ४२ जना गरी ९७ जना केन्द्रीय सदस्य थप गरिएको हो । दलित महिलाका तर्फबाट अनिता परियार, दलित महिला युवा सपना परियार, मुस्लिम पुरुष समूहबाट अतर हुसेन, रजि हैदर, कोहिद अन्सारी, इश्रार खान र मुस्लिम महिलाबाट शेखचाँद तारा केन्द्रीय समितिमा मनोनीत हुनुभएको छ ।
मधेसी पुरुष समूहबाट सूर्यनाथ यादव, अशोक जयसवाल, सत्यनारायण भगत, दिलीप शाह, उमेशकुमार यादव, रामसिंह यादव, राधेश्याम पासवान र शिवराम यादव केन्द्रीय सदस्यमा मनोनीत हुनुभएको छ ।
मधेसी महिलाबाट निशा साह, इन्धु शर्मा, तारा महता, रूबी कर्ण, सुनिता महतो अनिता हरिजन र सोनिया यादव, खस आर्य महिला समूहबाट भेषकुमारी रावत, भवानी थापा, कञ्चन खनाल, गङ्गा दाहाल, कमला नहकी, करूणा बस्नेत र सीता आचार्य केन्द्रीय समितिमा मनोनीत हुनुभएको छ ।
केन्द्रीय प्रतिनिधितर्फ खस आर्य पुरुषमा रामनारायण बिडारी, विष्णु सापकोटा, हरि ज्ञवाली, टेकेन्द्र भट्ट, गोपाल शर्मा, खोपबहादुर कँडेल, झलक सिंह, डीपी ढकाल मनोनीत हुनुभएको छ । जनजाति पुरुषमा कालीबहादुर मगर, खस आर्य महिलामा सुनिता गौतम, सावित्री बुढाथोकी, सरस्वती न्यौपाने, अमृता नेपाल र कृष्णा केसीलाई मनोनयन गरिएको छ ।








































प्रतिकृया दिनुहोस्