प्रत्येक वर्ष आश्विन कृष्ण प्रतिपदादेखि शुरु हुने सोह्रश्राद्ध अर्थात्असोज २ गतेदेखि प्रारम्भ भएको पितृपक्षको अन्तिम दिन विधिवत् समापन हुँदै छ ।
पितृपक्षका १५ तिथि र आश्विन शुक्ल प्रतिपदाको एक दिन गरी सोह्र तिथिका दिनसम्म दिवङ्गत पितृका नाममा तर्पण, सिदादान र पिण्डदान गरिने पितृपक्षलाई सोह्रश्राद्ध भनिन्छ ।
कुनै कारणवश यो पक्षका अरु तिथिमा गर्नुपर्ने श्राद्ध रोकिएको भए आज गर्नुपर्छ भन्ने शास्त्रीय मान्यता छ । तर आज पनि गर्न नसकेमा आपत् धर्मअनुसार आश्विन शुक्ल प्रतिपदादेखि आश्विन शुक्ल पञ्चमीसम्म गर्न मिल्ने छ।
पितृपक्ष सम्पन्न गर्न आज पितृपक्षका बेला जलाशयमा गएर तर्पण दिने चलन छ । पितृपक्षमा श्राद्ध नगर्दा अक्षम्य दोष लाग्छ भन्ने मान्यता पनि छ ।
दसैं, तिहार र छठजस्ता महान चाडवाडअघि पितृहरुलाई तृप्त गर्न एउटापक्ष भरि नै त छ र्पण र पिण्डदान गरेर श्राद्ध गर्ने परम्परा छ ।
असोज कृष्णपक्षका १५ तिथिभित्र १६ तिथि ९पूर्णिमा तिथिको श्राद्ध असोज कृष्ण प्रतिपदा वा औँसीका दिन गरिनेसमेत १६० का श्राद्ध गरिने छ । रोकिएका श्राद्ध पनि गर्नसकिने हिन्दू मैथिल परम्पराको कर्मकाण्डीय विधान रहेको छ ।
पितृपक्षका बेलामा पितृलोकबाट दिवङ्गत पितृहरु पिण्ड, पानीको आशले मत्र्यलोकमा झर्छन् भन्ने हेमाद्रि, वीरमित्रोदय, निर्णयसिन्धुलगायत ग्रन्थमा उल्लेख छ ।
आजका दिन देशका विभिन्न जलाशय तथा तीर्थस्थलमा पितृप्रति श्रद्धासाथ श्राद्ध गर्नेको भीड लाग्ने गरेको पाईन्छ । पितृपक्षको समाप्तिसँगै भोलिदेखि बडा दसैँ सुरु हुनेछ ।








































प्रतिकृया दिनुहोस्