१८ आश्विन २०८१, शुक्रबार ११:४९
एनसिसीएस (नेशनल क्रिएटिभ कोएजुकेशनल स्कूल) समूहले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा सहयोगार्थ रकम स्वरूप रु पाँच लाख छ हजार पाँच सय ५० प्रदान गरेको छ ।
एनसिसीएस समूहले हालैको बाढीपहिरो र डुबान प्रभावितको सहयोगार्थ रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा दाखिला गरेको हो ।
एनसिसीएस समूहका निर्देशक सन्तोषराज मास्केका अनुसार – उक्त रकम कोषमा दाखिला गरिएको र देशमा दैवी विपत्तिमा परेका बेला विगतमा पनि समूहले सहयोग गरेको बताउनुभयो ।
एनसिसीएस समूहले मुलुकको शैक्षिक उन्न्नयन तथा दक्ष जनशक्ति उत्पादनमा समूहका शैक्षिक प्रतिष्ठानले सक्दो योगदान गर्दै आएको बताउनुभयो ।








































प्रतिकृया दिनुहोस्