२० आश्विन २०८१, आईतवार १४:५८
चाडपर्व प्रारम्भसँगै सकारबाट अनुदान रकम पाएपछि महोत्तरीका उखु किसान प्रसन्न छन् ।सरकारबाटअनुदान पाउने कुनै आशाभरोसा नभएको स्थितिमा रकम पाएपछि किसान दङ्ग छन् ।
आर्थिक वर्ष २०८०/८१ मा गौशाला–१ स्थित एभरेष्ट सुगर एण्ड केमिकल इण्डष्ट्रिजलाई उखु बेचेका किसानले अनुदानबापतको रकम पाएका हुन् ।
उद्योगलाई गत वर्ष उखु बेचेका १४ हजार ४४४ किसानका खातामा उनीहरूले बुझाएका उखुको परिमाणअनुसार प्रतिक्विण्टल रु ७० का दरले अनुदान रकम दाखिला भएको कोष तथा लेखा नियन्त्रण कार्यालय छ ।
किसानलाई रु २० करोड ३३ लाख १५ हजार ८११ अनुदान दिइएको छ ।
कार्यालय प्रमुख बालकृष्ण अधिकारीका अनुसार – अनुदान रकम बैंक खाता भएका सबै किसानले पाएका र नहुनेले पनि धमाधम खोता खोल्न थालेका छन् । “रकम दाखिलाको क्रम जारी छ । ”








































प्रतिकृया दिनुहोस्