मोरङको बेलबारी नगरपालिका–८ चिसाङ पुलनजिक कार र मोटरसाइकल एकआपसमा ठोक्किदा नेपाल प्रहरीका जवान ३२ वर्षीय चित्रसागर राईको मृत्यु भएको छ।
आइतबार साँझ कार र मोटरसाइकल ठोक्किएर दुर्घटना भएको हो । राई मोटरसाइकलमा सवार थिए । दुर्घटनामा परेका दुवै सवारीसाधन क्षतिग्रस्त बनेका छन्।
पूर्वबाट पश्चिमतर्फ आउँदै गरेको प्रदेश १–०२–०४४ प ४९९६ नम्बरको मोटरसाइकल र पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको प्रदेश ३–०१–०२४ च ०७३४ नम्बरको कार ठोक्किएर दुर्घटना भएको मोरङ प्रहरीका डीएसपी वेदप्रकाश जोशीले जानकारी दिनुभयो ।
जोशीका अनुसार – संखुवासभाको सिलिचुङ गाउँपालिका–२ घर भएका राई सुनसरीको अस्थायी प्रहरी चौकी नडाहामा कार्यरत थिए भने कार र कारचालक मोरङको सुन्दरहरैँचा नगरपालिका–९ का ३० वर्षीय दुलाल मियाँलाई नियन्त्रणमा लिएको छ ।
दुर्घटनामा परि गम्भीर घाइते भएका उद्धार गरेर उपचारका लागि विराटनगरको कोशी अस्पताल पुर्याउनासाथ चिकित्सकले राईलाई मृत घोषित गरेका छन् । शवलाई पोस्टमार्टमका लागि कोशी अस्पतालमै राखिएको छ ।








































प्रतिकृया दिनुहोस्