२१ आश्विन २०८१, सोमबार १२:२०
चितवनको टिकौली जंगलमा एक स्कुटर र दुई मोटरसाइकल ठोक्किंदा एक जनाको मृत्यु र पाँच जना घाइते भएका छन् ।
आज बिहान ९:१५ बजे रत्ननगर नगरपालिका-९ टिकौलीमा ना४३प ६२४१ नम्बरको मोटरसाइकल अनियन्त्रित भएर पल्टिदा बा.प्र.०३-००३प ८६६ नम्बरको स्कुटर र ग१२प ७१७२ नम्बरको मोटरसाइकल ठोक्किन पुगेका थियो ।
गम्भीर घाइते भएका स्कुटर चालक स्याङजा आँधीखोला गाउँपालिका-३ बस्ने वर्ष २३ को रोहन पौडेलको उपचारको क्रममा मृत्यु भएको, घाइते ४ जनाको नयाँ मेडिकल कलेजमा र १ जनाको बकुलहर अस्पतालमा उपचार भैरहेको छ । मृत रोहन पौडेलको शव भरतपुर अस्पतालमा राखिएको छ ।








































प्रतिकृया दिनुहोस्