गएराति नगरपालिकाको मैनाहामा दसैँनाच हेरी से४प ८६१८ नम्बरको मोटरसाइकलमा वडा नं ६ स्थित ढक्काचाँदरस्थित घरतर्फ जाँदै गरेका २२ वर्षीय उमेश चौधरीलाई बेलौरी नगरपालिका–५ स्थित पुष्पलाल स्मृति सामुदायिक वनमा जङ्गली हात्तीले आक्रमण गर्दा मृत्यु भएको छ ।
हात्ती कराएको आवाज सुनेपछि उमेशसहित २४ वर्षीय रोशन चौधरी र २२ वर्षीय नवीन चौधरी मोटरसाइकल छाडेर भागेका थिए ।
मोटरसाइलमा सवार रोशन र नवीन सम्पर्कमा आए भने उमेश सम्पर्कमा नआएपछि खोजतलास गर्दा सामुदायिक वन क्षेत्रमा मृतावस्थामा आज विहान फेलापरेको बताइएको छ ।
जिल्ला प्रहरी कार्यालयका अनुसार – उमेश मृतावस्थामा फेलापरेको स्थानमा जङ्गली हात्तीको दिसा रहेको र रुख मडारेको जस्तो देखिएको र प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
एक साताअघि जङ्गली हात्तीको आक्रमणमा परी लालाझाडी गाउँपालिका–४ डाँडाजाइका ५९ वर्षीय रामदल रानाको मृत्यु भएको थियो ।








































प्रतिकृया दिनुहोस्