नेकपा एमालेका महासचिव शंकर पोखरेलले अनुसन्धानलाई प्रभावित गर्ने गरी गतिविधि गर्नु उचित नभएको टिप्पणी गरेका छन् ।
शुक्रबार राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा०का सभापति रवि लामिछाने सहकारीको बचत रकम अपचलनको आरोपमा अनुसन्धानका लागि पक्राउ परेको विषयमा रास्वपाले तडकभडक देखाएपछि महासचिव पोखरेलले यस्तो प्रतिक्रिया दिएका हुन् ।
उनले सहकारी प्रकरणमा आरोपित भएका एमालेसम्वद्ध कार्यकर्ताहरु देवकुमार नेपाली र केवी उप्रेतीलाई जिम्मेवारीबाटै हटाएर पार्टीले अनुसन्धानमा सघाएको समेत स्मरण गराएका छन् ।
अदालतले समेत अनुमति दिएको विषयको अनुसन्धानलाई नै प्रभावित गर्ने काम उचित होइन,ु महासचिव पोखरेलले सामाजिक सञ्जालमार्फत् भनेका छन्, ुसहकारी प्रकरणमा आरोपित भएका नेकपा ९एमाले० सम्वद्ध कार्यकर्ताहरु देवकुमार नेपाली बागलुङ र केवी उप्रेती काठमाडौंलाई जिम्मेवारीबाट हटाएरै अनुसन्धान प्रक्रियामा सहयोग गरेको थियो ।ु
लामिछाने पक्राउ परेपछि रास्वपाले बागमती, गण्डकी र लुम्बिनीमा विरोधमा सामेल हुन आन्तरिक सर्कुलर नै जारी गरेको छ भने लामिछाने पक्राउ परेलगत्तैदेखि सरकारविरुद्ध नाराबाजी भइरहेको छ ।
लामिछानेलाई पोखरालाई लैजानेक्रममा बाटोमा समेत ठाउँ(ठाउँमा रास्वपाका नेता कार्यकर्ताहरूले नाराबाजी गर्दै सरकारले प्रतिसोध राखेर पक्राउ गरेको आरोप लगाएका छन् ।








































प्रतिकृया दिनुहोस्