१ चैत्र २०७८, मंगलवार २०:२६
चितवन भु. पु सैनिक कल्याणकारी क्लब तथा संरक्षण कोषको १२ औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । साधरणसभा भरतपुर ४ यज्ञपुरिमा सम्पन्न भएको हो ।
क्लबका अध्यक्ष एवम् कार्यक्रमका सभापती पेम बहादुर खड्काले चितवनका भुपुहरुले देखाउनु भएको एकतालाई धन्यवाद व्यक्त गरे ।
क्लबका कोषाध्यक्ष मिन्द्रा कुमारी श्रेष्ठ र कोषका कोषाध्यक्ष बासु मुर्ती पन्तले वार्षिक आर्थिक प्रतिबेदन प्रस्तुत गरेका थिए भने कोषका सचिव जग बहादुर पुन र क्लबका सचिव आषिस तमाङ्गले वार्षिक प्रगती विवरण पेश गरेका थिए ।
साधारणसभामा क्लबका उपाध्यक्ष खड्का बहादुर थापा, जगत बहादुर गुरुङ्ग, शान्ता लाल गुरुङ्ग, जुद्द बहादुर गुरुङ्ग लगाएतको उपस्थिती रहेको थियो ।








































प्रतिकृया दिनुहोस्