जनता संग जसपा नेपाल आधारभुत संगठन निर्माण अभियान अन्तर्गत भरतपुर महानगर वडा नम्बर २ को भेला सम्पन्न भएको छ ।
स्थानीय आपटारिमा भएको भेला ले सोम रुम्बा तामाङको अध्यक्षता मा २१ सदस्यीय वडा कमिटी गठन गरेको छ ।
जसको उपाध्यक्षमा कमल टमटा र मिनु राई सचिव मा पृतम तामाङ , सह सचिव सपना खनाल र कोषध्यक्ष मा अमर मल्ल छन ।
सदस्यहरुमा शोभा लामिछाने , उत्तम खनाल , आशिष लामा , समीर राई , उत्सव नेपाली , सरोज बिक, सहाजत मिया अशिम महतो कृष्ण घिमिरे लगायत को वार्डा कमिटी बनेको छ ।
कार्य सफलता को शुभकामना दिने नेता हरुमा केन्द्रीय भिलेन्टियर्स फोर्स नेपाल का कमान्डर राम कृष्ण पन्त , जसपा नेपाल भरतपुर महानगर समिति अध्यक्ष तथा फोर्स केन्द्रीय सदस्य अनुज जोशी का साथै प्रमुख वक्ता को रुपमा पार्टी केन्द्रीय कार्यकारिणी समिति सदस्य तथा केन्द्रीय भोलेन्टियर्स विभाग प्रमुख तारा विस्वकर्मा लगाएतका नेता हरु थिए ।
उक्त भेलाले कमल टमटा को कमान्ड मा २ नम्बर वडा स्तरीय युवा भोलेन्टियर्स फोर्स पनि गठन गरेको छ।
भेला समापन पछि युगिन अन्लाईन खबर को तर्फबाट त्यहाको फुटबल क्लब का खेलाडी हरुलाई जर्सी वितरण गरिएको थियोे ।









































प्रतिकृया दिनुहोस्