३ मंसिर २०८१, सोमबार १५:२६
३ मंसिर,चितवन। चितवनको फिस्लिङमा ग्यास बुलेटको ठक्करबाट पैदलयात्री महिलाको मृत्यु भएको छ ।
चितवनको नारायणगढबाट काठमाडौं आउँदै गरेको ग्यास बुलेटले केहीबेर अघि पैदलयात्री महिलालाई ठक्कर दिएको थियो । उनको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।
सो स्थानमा इलाका प्रहरी कार्यालय मुग्लिनबाट इन्सपेक्टर निरला भण्डारी नेतृत्वको टोली खटिएको छ ।
घटनाको विरोधमा स्थानीयले बाटो अवरुद्ध पारेका छन् ।








































प्रतिकृया दिनुहोस्