जनता समाजवादी पार्टी (जसपा) नेपालको आधारभूत संगठन निर्माण अभियान अन्तर्गत राप्ती नगरपालिकाको रसौलिमा भव्य सभा सम्पन्न भएको छ। कार्यक्रमको अध्यक्षता जयबहादुर हमाल ठकुरीले गरेका थिए। भेलाले जयबहादुर हमालको अध्यक्षतामा ३५ सदस्यीय नगर समिति गठन गरेको छ।
समितिको उपाध्यक्षमा विजय श्रेष्ठ र अनिश श्रेष्ठ, सचिवमा सृजन श्रेष्ठ, सह-सचिवमा राहुल कुवर, प्रवेश आले मगर र समन गिरि चयन भएका छन्। कोषाध्यक्षको जिम्मेवारी अरुन सुनारलाई दिइएको छ।
कार्यक्रममा प्रमुख वक्ताका रूपमा पार्टी केन्द्रीय कार्यकारिणी समिति सदस्य तथा चितवन जिल्ला प्रमुख अभियानकर्ता तारा विश्वकर्माले सम्बोधन गरे। साथै, Volunteers Force नेपालका केन्द्रीय नेता रामकृष्ण पन्त, चितवन जिल्ला पार्टीका कार्यालय सदस्य तथा भरतपुर महानगर अध्यक्ष अनुज जोशी, Volunteers Force चितवनका कमान्डर दिलिप मल्ल, जसपा नेपाल खैरहनीका नेता इमानसिंह लामा, विद्यार्थी नेता विपिन चन्द्र रेग्मी र महानगर सचिव समिर हमालले पनि शुभकामना व्यक्त गरेका थिए।
भेलाले पार्टी संगठनलाई थप सुदृढ बनाउने विश्वास गरिएको छ। स्थानीय तहमा यस्तो अभियानले नेतृत्व विकास र पार्टी सुदृढीकरणमा योगदान पुर्याउने अपेक्षा गरिएको छ।








































प्रतिकृया दिनुहोस्