२७ मंसिर २०८१, बिहीबार १०:४९
नेपाल प्रिमियर लिग (एनपीएल)मा पोखरालाई विराटनगरले १४० रनको लक्ष्य प्रस्तुत गरेको छ । बिहीबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस जितेर ब्याटिङमा उत्रिएको विराटनगरले निर्धारित २० ओभरमा सात विकेट गुमाएर १३९ रन बनाएको हो ।
विराटनगरले ओपनरद्वय मार्टिन गप्टिल र लोकेश बमसँगै नरेन भट्टलाई गुमाएको थियो । लोकेश २६, गप्टिल पाँच र नरेन चार रनमा पभेलियन फर्किए । क्रिस सोलले सात रन थपे । दीपक बोहराले चार रन जोडे । अविजित रहेका बसिर अहमेदले २१ र प्रतिश जिसीले समान चार रन बनाए ।
विराटनगरका स्कट एड्वार्ड्सले सर्वाधिक ४५ रन जोडे । उनले ३५ बलमा पाँच चौका प्रहार गरे ।








































प्रतिकृया दिनुहोस्