लागू औषध दुरुपयोगका कारण उत्पन्न समस्याको समाधानका लागि ‘Recovering Nepal’ ले अभियान सञ्चालन गरेको छ। संगठनले लागू औषध प्रयोगकर्ताहरू, एचआईभी संक्रमित व्यक्ति, र पुनःस्थापनाको प्रक्रियामा रहेका व्यक्तिहरूलाई लक्षित गर्दै स्वास्थ्य र सामाजिक पुनःस्थापनाका कार्यक्रम अघि बढाएको छ।
संगठनले लागू औषध दुरुपयोग न्यूनीकरण गर्न राज्यका विभिन्न निकायहरू, स्वास्थ्य संस्थाहरू, र सामाजिक सेवाका साझेदारहरूसँग सहकार्य गर्दै दीर्घकालीन रणनीतिक योजनाहरू सञ्चालन गर्ने बताएको छ।
सरोकारवालाहरूका अनुसार, यो अभियानले समाजमा लागू औषध दुरुपयोग रोक्न मात्र नभई, प्रभावित व्यक्तिहरूलाई आत्मनिर्भर बनाउन र उनीहरूको जीवनलाई सकारात्मक दिशामा डो¥याउन सहयोग पुर्याउनेछ। उनीहरूले स्वास्थ्य सेवा, परामर्श, र शिक्षा मार्फत प्रभावितहरूलाई पुनःस्थापित गर्नका लागि यस्ता अभियान आवश्यक रहेको बताएका छन्।
Recovering Nepal का वाग्मती प्रदेश अध्यक्ष दिवाकर राज श्रेष्ठले भने, “लागू औषधको समस्या व्यक्तिगत मात्र होइन, यो समाजको समग्र स्वास्थ्य र आर्थिक विकाससँग प्रत्यक्ष रूपमा जोडिएको छ। यस समस्याको समाधानका लागि राज्य, निजी क्षेत्र, र नागरिक समाजको सहकार्य अपरिहार्य छ।”
सरोकारवालाहरूले लागू औषध नियन्त्रणका लागि नयाँ र प्रभावकारी नीतिहरू निर्माण गर्न, कानूनी संरचनाको समीक्षा गर्न, र महिलाहरूका लागि विशेष कार्यक्रम सञ्चालन गर्नुपर्नेमा जोड दिएका छन्। उनीहरूले यो अभियानले कानूनी सुधार र स्वास्थ्य सेवाको पहुँचमा सुधार ल्याउन महत्त्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरेका छन्।
Recovering Nepal ले यो अभियानलाई लागू औषधमुक्त समाज निर्माणको दीर्घकालीन उद्देश्यतर्फ एक ठोस कदमका रूपमा हेरेको छ। यस अभियानले समाजमा सकारात्मक परिवर्तन ल्याउँदै लागू औषध दुरुपयोगबाट प्रभावित हजारौं मानिसलाई नयाँ जीवन दिन सक्छ भन्ने अपेक्षा गरिएको छ।








































प्रतिकृया दिनुहोस्