चितवन पेट्रोलियम डिलर्स एसोसिएसनको २५ औ वार्षिक साधरण सभा एवं ११ औ अधिवेशनमा पेट्रोलमा हुने सटेज र मिसावटबारे आवाज उठेको छ । विभिन्न डिलर्सको प्रतिनिधित्व गर्दै आएका व्यक्तिहरुले पेट्रोलमा नेचुरल स्मेल नआउने गरेको गुनासो गरेका हुन ।
कार्यक्रमका विशिष्ट अतिथि नेपाल पेट्रोलियम डिलर्स एसोसिएसनका महासचिव विश्व प्रसाद अर्यालले डिलर्स सन्चालकले उठाएका समस्याको जिम्मेवार नेपाल आयल निगम हुनुपर्नेमा जोड दिनुभयो । पेट्रोलको अभाव रोक्न निगमले बिक्री रोक्न नहुने वताउनुभयो ।
साथै उहाँले डिलर्स सन्चालकले व्यक्तिगत सम्वन्धको आधारमा उधारोमा तेल दिने र पैसा नउठेर फस्ने प्रविद्धि बढेको तर्फ सचेत गराउनुभएको छ । “हामी व्यक्तिगत सम्वन्धको आधारमा उधारो कारोवार गर्छौ पछि पैसा नउठेर घाटा व्यहोर्नुपर्ने हुन्छ उहाले भन्नुभयो एउटा डिलर्समा पैसा नतिरेको पाटीलाई अर्को डिलर्सले पनि उधारोमा तेल नदिने परिपाटी बनाउनुपर्छ” । डिलर्सहरुले पटक पटक आफ्ना विविध माग आएल निगम समक्ष राख्दा पनि वेवस्ता गरेको उहाँले वताउनुभयो । निगम सचेत नभए सम्पूर्ण डिलर्स सन्चालक आन्दोलनमा जाने समेत वताउनु भयो ।
कार्यक्रमका विशिष्ठ अतिथि नेपाल आयल निगमका नायव कार्यकारी निर्देशक विरेन्द्र गोइतले डिलर्स सन्चालकको माग पूरा गर्न निगम तयार रहेकाले आन्दोलनमा जान नपर्ने वताउनुभयो । उहाँले पाईपलाईनबाट पेट्रोल, डिजेल, मट्टीतेल सबै आएपछि सटेज नहुने बताउनुभएको छ । “अहिले डिजेल सटेज हुन छाडिसक्यो किनकि पाईपलाईनाबाट अमलेखगन्ज डिपोसम्म आउँछ अब पेट्रोल र मट्टीतेल पनि पाईपलाईनबाट आएपछि समस्या समधान हुने उहाँको भनाई छ”। उहाँले पेट्रोलमा नेचुलर स्माईल बाहेक अरु आएमा कार्यलयमा जानकारी गराउन आग्रह गर्नुभएको छ ।
यस्तै कार्यक्रमका प्रमुख अतिथि नेपाल पेट्रोलियम डिलर्स एसोसिएसनका अध्यक्ष लिलेन्द्र प्रधानले आएल निगम र डिलर्स एसोसिएसनको सम्बन्ध राम्रो नभएको वताउनुभयो । सम्पुर्ण सन्चालकहरुको माग पूरा गर्न संस्था लागिपर्ने उहाँले वताउनुभएको छ ।
यसैविच शर्मिला सेढाई चितवन पेट्रोलियम डिलर्स एसोसिएसनको अध्य्यक्षमा सर्वसम्मत चयन हुनुभएको छ । जसको उपाध्यक्षमा शिवकान्त ओली महासचिवमा नारायण प्रसाद न्यौपाने कोषाध्यक्षमा आनन्द कुमार पाठक चयन हुनुभएको छ । यस्तै सदस्यहरुमा माधव आचार्य, विनोद कर्माचार्य, सन्तोष जोशी र खिलकान्त वर्तौला चयन हुनुभएको छ ।








































प्रतिकृया दिनुहोस्