२२ पुष २०८१, सोमबार ११:०६
चितवनमा आजबाट जलपंछीको गणना सुरू भएको छ । ताल, तलैया, नदी र सिमसार क्षेत्रमा पाइने जलपन्छीहरूको संख्या, प्रजाति र वासस्थानको अवस्थाबारे जानकारी लिन हरेक वर्ष जनवरी महिनाको पहिलो शनिवारबाट जलपन्छी गणना सुरू हुन्छ।
चितवनमा भने (आज) सोमबारदेखि सुरू हुन लागेको हो। गणना जनवरी १९ सम्म सञ्चालन हुनेछ। यस अवधिमा पानीमा आश्रित तथा पानी वरिपरि बस्ने आवासीय र बसाइसराई गर्ने चराहरूको तथ्याङ्क संकलन गरिने नेपाल पन्छीविद् हठन चौधौरीले जानकारी दिनुभयो ।
आज चितवनको राप्ती नदी र दिव्यनगर फार्म क्षेत्रमा पंछीको गणना गरिनेछ। मंगलबार माडी क्षेत्रमा गणना गरिने मध्य चितवन जलपंछी गणनाका संयोजक मनेष लिम्बुले बताउनुभयो ।








































प्रतिकृया दिनुहोस्