n'lDagL, !% r}tM
ltnf]Qdf ax'p2]ZoLo 6fj/ pb3f6g
g]skf -Pdfn]_ sf cWoIf s]kL zdf{ cf]nL dªunaf/ ?kGb]xLsf] ltnf]Qdf gu/kflnsf–@, agafl6sfdf lgdf{0f ul/Psf] ltnf]Qdf ax'p2]ZoLo 6fj/ pb3f6g ub}{ . tl:a/M e/t s];L÷/f;;
नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले रुपन्देहीको तिलोत्तमा नगरपालिकामा निर्माण गरिएको बहुउद्देश्यीय टावरको आज मङ्गलवार उद्घाटन गर्नुभएकाे छ ।
तिलोत्तमा नगरपालिका २ काे शङ्करनगर वन विहार तथा अनुसन्धान केन्द्र (वनवाटिका) मा तिलोत्तमा बहुउद्देश्यीय टावर निर्माण गरिएको हो । तिलोत्तमा नगरपालिकाले आन्तरिक तथा बाह्य पर्यटन प्रवर्द्धनमा टेवा पुर्याउने लक्ष्यका साथ बहुउद्देश्यीय टावर निर्माण गरेको हो । वनवाटिका लुम्बिनी प्रदेशको एउटा महत्त्वपूर्ण पर्यटकीय गन्तव्य हो । यहाँ वार्षिक साढे तीन लाख आन्तरिक तथा बाह्य पर्यटक आउने गरेका छन् ।
त्यस अवसरमा अध्यक्ष ओलीले उपलब्ध स्रोत साधनको अधिकतम उपयोगबाट पर्यटन प्रवर्द्धन गर्न सकिने बताउनुभयो ।
उहाँले लुम्बिनी सबैको आँखामा पर्ने ठाउँ रहेको र त्यसको प्रवर्द्धनका लागि तिलोत्तमाले अघि बढाएका कामहरू प्रशंसनीय रहेको बताउँदै यसले नगरपालिकालाई नियमित आम्दानी दिने उल्लेख गर्नुभयो ।
उहाँले तिलोत्तमा नगरपालिकाले सञ्चालन गरेको खुला पोलिथिन निषेध अभियानलाई व्यापक बनाइनुपर्नेमा जोड दिनुभयो । आधुनिक कृषिलाई ध्यान दिए उत्पादन बढ्ने बताउँदै उहाँले भान्सालाई औषधालयको रूपमा विकास गर्न सबैले आफ्नो ठाउँबाट भूमिका निर्वाह गर्नुपर्ने बताउनुभयो ।








































प्रतिकृया दिनुहोस्