२८ माघ २०८१, सोमबार २२:५२
नेविसंघ चितवनमा विवाद देखिएको छ । एउटा समुहले दिनेश तामाङलाई अध्य्यक्ष बनाएको छ । अर्को समुहले भने विज्ञप्ति निकालेर सो कार्यको आपत्ति जनाएको छ ।
आज नेविसंघ चितवनका कार्यवाहक अध्य्यक्ष एवं केन्द्रीय सदस्य राजन दाहालको अध्यक्षतामा भएको भेेलाले दिनेश तामाङलाई सर्वसम्मत जिल्ला अध्ययक्ष बनाएको हो । सो अवसरमा सङगठनका पुर्व केन्द्रीय सदस्य शिव रिमालको प्रमुख आतिथ्यता थियो ।
प्रकाश तामाङ अध्य्यक्ष भएकोमा अर्का कार्यवाहक जिल्ला अध्य्यक्ष प्रकाश भण्डारीले आपत्ति जनाएका छन । उनले सोमबार प्रेस विज्ञप्ति नै सार्वजनिक गर्दै संगठन विरोधी गतिविधि प्रति सचेत रहन आग्रह गरेका छन ।

दुई फरक-फरक निर्णय आउदा नेविसंघ चितवनमा व्यापक असन्तुष्टि, गुटबन्दी र विवाद रहेको पुष्टि भएको छ ।








































प्रतिकृया दिनुहोस्