प्रभात दिदीबहिनी साकोसको आयोजनामा बाल सदस्यहरूको लागि आधारभूत सहकारी शिक्षा तथा प्रतियोगितात्मक कार्यक्रम आज भरतपुर–१, जलदेवी सामुदायिक बन, आंपटारीमा सम्पन्न भएको छ।
संस्थाका अध्यक्ष श्री साधना पोखरेलको अध्यक्षतामा सम्पन्न कार्यक्रममा नेफ्स्कुनका उपाध्यक्ष श्री शान्ति अधिकारीले बाल भेला तथा आधारभूत सहकारी शिक्षासम्बन्धी सहजीकरण गर्नुभएको थियो।
कार्यक्रममा फरक-फरक उमेर समूहका नानीबाबुहरूलाई विभिन्न मनोरञ्जनात्मक खेल खेलाइयो भने बालबालिकाले आफ्नो प्रतिभा प्रस्तुत गरेका थिए। प्रतियोगितामा प्रथम, द्वितीय, तृतीय स्थान हासिल गर्ने बालबालिकालाई नेफ्स्कुनका उपाध्यक्ष एवम् शिक्षा उपसमितिका संयोजक श्री पुष्पा पाण्डे, अध्यक्ष श्री साधना पोखरेल र उपाध्यक्ष श्री शान्ति अधिकारीले पुरस्कार वितरण गर्नुभएको थियो।
कार्यक्रम संस्थाका सचिव श्री मञ्जु रेग्मीले सञ्चालन गर्नुभएको थियो। यस कार्यक्रमको जानकारी संस्थाका सूचना विभाग प्रमुख रविना श्रेष्ठले दिनुभएको हो। आयोजक संस्थाले भविष्यमा पनि बालबालिकाको क्षमता अभिवृद्धि गर्ने यस्ता कार्यक्रमलाई निरन्तरता दिने प्रतिबद्धता जनाएको छ।









































प्रतिकृया दिनुहोस्