१३ फाल्गुन २०८१, मंगलवार १२:००
आज मंगलबार सुनको मूल्य बढेको छ भने चाँदीको घटेको छ ।
आज सुन प्रतितोला पाँच सयले बढेको छ भने चाँदी प्रतितोला १५ रुपैयाँले घटेको हो ।
सोमबार प्रतितोला एक लाख ७० हजार आठ सयमा किनबेच भएको सुनको सुन आज बढेर प्रतितोला एक लाख ७१ हजार तीन सय कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।
त्यसैगरी आज चाँदी प्रतितोला एक हजार नौ सय ७० मा कारोबार भइरहेको छ । अन्तरराष्ट्रिय बजारमा आज सुन प्रतिऔँस दुई हजार नौ सय ३७ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।








































प्रतिकृया दिनुहोस्