२८ फाल्गुन २०८१, बुधबार १२:००
प्रतिनिधि सभा बैठक १५ मिनेटका लागि स्थगित भएको छ ।
बुधवारको बैठकमा मन्त्री अनुपस्थित भएपछि बैठक स्थगित भएको हो । सभामुख देवराज घिमिरेले बैठकको प्रारम्भ भएको जानकारी गराए लगत्तै प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र) का प्रमुख सचेतक हितराज पाण्डेले मन्त्री उपस्थित नभएको ध्यानाकर्षण गराएका थिए ।
उनले प्रतिनिधि सभा बैठकमा मन्त्रीको उपस्थिति नभएको भन्दै बैठक अगाडि नबढाउन आग्रह गरेका थिए।
पाण्डेले सरकारले हरेक कुरामा प्रतिपक्षी दलहरुलाई हेपिरहेको आरोप लगाए । लगत्तै सभामुख देवराज घिमिरेले प्रतिनिधि सभा नियमावली, २०७९ को नियम ६ को उपनियम ५ बमोजिम बैठकमा मन्त्रीको उपस्थिति अनिवार्य हुनुपर्ने भएकाले बैठक १५ मिनेटपछि बस्नेगरी सथगित भएको घोषणा गरेका थिए ।








































प्रतिकृया दिनुहोस्