४ चैत्र २०८१, मंगलवार १२:४३
सुनको मूल्य हालसम्मकै उच्च विन्दुमा पुगेको छ ।
हिजो सोमबार प्रतितोला एक लाख ७४ हजार १ सयमा कारोबार भएको सुन आज तोलामा १ हजार १ सयले बढेर १ लाख ७५ हजार २ सय कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।
यसअघि गत शुक्रबार सुनको मूल्य प्रतितोला एक लाख ७४ हजार ५०० कायम भएको थियो । यसैगरी, चाँदीको मोल प्रतितोला दुई हजार ५० निर्धारण भएको छ ।
अन्तर्राष्ट्रिय बजारमा आज सुनको मूल्य प्रतिऔँस तीन हजार १२ अमेरिकी डलर हाराहारीमा कारोबार भइरहेको छ ।








































प्रतिकृया दिनुहोस्