१० चैत्र २०८१, सोमबार १२:०१
नेपाली बजारमा सोमबार सुनको मूल्य सामान्य घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन तोलामा ६ सय रुपैयाँले घटेको हो ।
महासंघका अनुसार आज छापावाल सुन प्रतितोला १ लाख ७३ हजार ५ सय रुपैयाँमा कारोबार भईरहेको छ । यसअघि आइतबार छापावाल सुन तोलामा १ लाख ७४ हजार १ सय रुपैयाँ कायम भएको थियो ।
त्यसैगरी, आज चाँदीको मूल्य भने स्थिर रहेको छ । आज चाँदी १ हजार ९ सय ८० रुपैयाँमा कारोबार भइरहेको छ ।








































प्रतिकृया दिनुहोस्