१६ चैत्र २०८१, आईतवार १३:००
राजावादीको प्रर्दशनका क्रममा तीन कुनेमा भएको क्षतिको जरिवाना तोक्दै पूर्व राजा ज्ञाजेन्द्र शाहलाई काठमाडौं महानगरपालिकाले पठाएको पत्र शाहले नबुझी फर्काइदिएका छन् ।
पूर्व राजा शाहलाई पत्र बुझाउन गएको महानगरको टोली महाराजगञ्ज स्थित निर्मल निवासमा पुगेपनि पत्र नबुझेपछि गेटबाटै फर्किएको छ।
पूर्व राजा शाहलाई महानगरले चैत १५ गते राजावादीको प्रदर्शनका क्रममा काठमाडौंको तीन कुनेमा भएको क्षतिको बिभिन्न शीर्षकमा ७ लाख ९३ हजार जरिवाना गरेको पत्र पठाउने निर्णय गरेको थियो ।








































प्रतिकृया दिनुहोस्