१७ चैत्र २०८१, सोमबार ११:०६
सोमबार नेपाली बजारमा सुनको मूल्य बढेको छ । अघिल्लो दिनको तुलनामा १ हजार १ सय रुपैयाँले बढेर सोमबार सुनको मूल्य तोलामा १ लाख ७७ हजार ९ सय रुपैयाँमा कायम भएको हो ।
नेपाल सुनचाँदी महासंघले सुनको मूल्य आजसम्मकै उच्च भएको जनाएको छ । आइतबार छापावाल सुनको मूल्य तोलामा १ लाख ७६ हजार ८ सय रुपैयाँमा किनबेच भएको थियो ।
यस्तै, आज चाँदीको मूल्य पनि सामान्य बढेको छ । अघिल्लो दिन तोलामा २ हजार २५ रुपैयाँ कायम भएको चाँदीको मूल्य सोमबार भने तोलामा २ हजार ३५ रुपैयाँमा किनबेच भइरहेको महासंघले जनाएको छ ।








































प्रतिकृया दिनुहोस्