१८ चैत्र २०८१, मंगलवार १३:०१
प्रतिनिधिसभा सदस्य तथा राष्ट्रिय प्रजातन्त्र पार्टीका वरिष्ठ नेता दीपक बोहराको निधन भएको छ ।
मंगलबार काठमाडौंको ओम अस्पतालमा उपचारका क्रममा निधन भएको हो । राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रवक्ता मोहान श्रेष्ठका अनुसार बोहरा घाँटीको समस्याबाट लामो समयदेखि पीडित थिए ।
रुपन्देही क्षेत्र नम्बर ३ बाट प्रतिनिधिसभा निर्वाचनमा विजयी उनी पूर्वमन्त्री समेत हुन् । उनले गत आम निर्वाचनमा तत्कालीन गृह मन्त्री बालकृष्ण खाणलाई हराएर प्रतिनिधि सभामा विजयी भएका थिए ।








































प्रतिकृया दिनुहोस्