२२ चैत्र २०७८, मंगलवार २१:२१
चैत २२,
प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले देश बनाउने अभियानमा सहभागी हुनका लागि सबैलाई आफ्नो पार्टीमा आउन आह्वान गर्नुभएको छ । अन्य पार्टी ठिक नभएकाले पनि एमालेमा आएर देश बनाउने अभियानमा सहभागी हुनुपर्ने उहाँको तर्क छ ।
आज मङ्गलवार वीरगञ्जमा आयोजित एक कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले कतिपय भ्रममा परेर अन्य पार्टीमा रहेको भन्दै उनीहरूलाई पनि एमालेमा प्रवेश गर्न आग्रह गर्नुभयो । उहाँले भन्नुभयो, ‘कतिपय साथीहरू विभिन्न प्रकारणको भ्रममा परेर अथवा अप्ठ्यारोमा फसेर विभिन्न पार्टीमा अल्झिएर वा रुमल्लिएर रहनु भएको होला । ती पार्टीहरू काम लाग्दैनन् । ती परित्याग गरेर नेकपा एमालेमा आउन र देश बनाउने महाअभियानमा सामेल हुन सबैलाई हार्दिक आग्रह, अनुरोध गर्न चाहन्छु ।’








































प्रतिकृया दिनुहोस्