२० चैत्र २०८१, बिहीबार १५:१८
बिमस्टेकको छैटौँ शिखर सम्मेलनमा सहभागी हुन बैङ्कक पुगेका प्रधानमन्त्री केपी शर्मा ओलीले श्रीलङ्काका प्रधानमन्त्री डा. हरिनी अमरासुरियासँग भेटवार्ता गरेका छन् ।
थाइल्याण्डको औपचारिक भ्रमणपछि प्रधानमन्त्री ओली बिमस्टेक शिखर सम्मेलनका क्रममा विभिन्न सदस्य मुलुकका राष्ट्रप्रमुख तथा सरकार प्रमुखहरूसँग साइडलाइन बैठकमा व्यस्त छन् ।
श्रीलङ्का प्रधानमन्त्रीसँगको भेटमा द्विपक्षीय सम्बन्ध र आपसी हितका विविध विषयमा छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।
भेटमा परराष्ट्रमन्त्री डा. आरजु राणा देउवा, प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णुप्रसाद रिमाल, परराष्ट्र सचिव अमृतबहादुर राईलगायतको उपस्थिति थियो ।








































प्रतिकृया दिनुहोस्