२२ चैत्र २०८१, शनिबार १६:०७
चितवन। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले केन्द्रीय समितिको निर्णयअनुसार ‘जनयात्रा’ कार्यक्रमको शुभारम्भ चितवनबाट गरेको छ ।
शनिबार भरतपुर–१० स्थित गेष्ट हाउस चौरमा आयोजित कार्यक्रममा उपसभापति, सांसद र केन्द्रीय सदस्यहरूले घण्टी बजाएर जनयात्रा शुरु गरेका हुन् ।
कार्यक्रममा सभापति रवि लामिछानेले महत्वपूर्ण विषयमा बोल्ने तयारी गरेका थिए । तर, बुटवल उच्च अदालतको तुलसीपुर इजलासले उनलाई थुनामा पठाउने आदेश दिएपछि उनी प्रहरी हिरासतमा छन् ।
पक्राउ पर्नुअघि लामिछानेले कार्यक्रम नरोक्न निर्देशन दिएका थिए । साथै, जनयात्राको सभामार्फत आफू गृहमन्त्री रहँदाको सरकार किन ढल्यो भन्नेबारे खुलासा गर्ने योजना रहेको बताइएको थियो ।








































प्रतिकृया दिनुहोस्